काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ। हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन्।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०७७, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट