नेइमार मैदानमै गम्भीर घाईते भएपछि..

एजेन्सी

सोमबार, २९ मंसिर २०७७, ०८ : ३९
नेइमार मैदानमै गम्भीर घाईते भएपछि..

एजेन्सी । रिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमारको गोलीगाँठोमा गम्भीर चोट लागेपछि घाईते बनेका छन् । उनलाई मैदानबाट स्ट्रेचरमा राखेर बाहिर निकाल्नु परेको छ । 

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी लियोनसँग १–० ले पराजित भयो । भ्रमण टोली लियोनको जितमा ३५ औँ मिनेटमा काडेवेरले गरेको गोल नै निर्णायक बन्यो ।

मेन्डेसको फल खेलेका कारण पिएसजीका नेइमार गम्भीर चोटग्रस्त भएका हुन् । मेन्डेसको खराब प्रहार गरेपछि नेईमारचोटग्रस्त भएर  मैदानमा लडेर पीडामा चिच्याएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगियो । नेइमारको चोटको गम्भीरता थाहा पाउन परीक्षण भइरहेको पिएसजीका प्रशिक्षक थोसम टुसिलले बताएका छन् ।

इन्जुरी समयको नवौँ अर्थात ९९ औँ मिनेटमा मेन्डेस रिबेइरो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा सीमित भयो ।
पराजित भएको पिएसजी १४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा झरेको छ । २९ अंकसहित लियोन दोस्रो तथा लिले पहिलो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस