सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव शाक्यलाई

पत्रपत्रिकाबाट

सोमबार, २९ मंसिर २०७७, ०७ : ४४
सर्वोत्कृष्ट संसद सेवा पुरस्कार उपसचिव शाक्यलाई

काठमाडौँ । संघीय संसदको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कमला शाक्यलाई प्रदान गरिएको छ ।

१४ औँ संघीय संसद सेवा दिवसको अवसरमा आइतबार सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शाक्यलाई १ लाख नगद राशिको सर्वोत्कृष्ट संसद सेवा पुरस्कार शाक्यलाई प्रदान गरेका हुन् ।

त्यस्तै, उत्कृष्ट संसद सेवा पुरस्कार कम्युटर अधिकृत जगदिश न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ७५ हजार रुपैयाँ रहेको छ । संघीय संसद सेवा पुरस्कारबाट सवारी चालक कृष्ण रानामगर र कर्मचारी बालकृष्ण न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

संघीय संसदका महासचिवको अध्यक्षताको समितिले पुरस्कारका लागि कर्मचारीको नाम सिफारिस गरेको र सभामुख अध्यक्ष रहेको व्यवस्थापन समितिले पुरस्कार प्राप्त गर्ने कर्मचारीको नाम छनोट गरेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए । संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औँ संघीय संसद सेवा दिवस– २०७७’ मनाएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस