काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ। मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३५४ हजार ७ सय ३१ पुगेको छ।हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् भने ५ सय १६ जना क्वारेन्टिनमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०७७, १६ : ३२
लेखकबाट थप