‘नेपाल विद्या’ माथि चर्चा परिचर्चा

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०७७, १२ : १२
‘नेपाल विद्या’ माथि चर्चा परिचर्चा

चितवन । गोरखापत्र दैनिकमा आवद्ध पत्रकार एवम् अनुसन्धाता केदार वाशिष्ठले लेखेको ‘नेपाल विद्या’ पुस्तक माथि चितवनमा छलफल गरिएको छ

पुस्तक सिद्धान्त र प्रयोग गरि दुई खण्डमा लेखिएको छ । लुम्बिनी र कपिलवस्तुको उत्खनन, बुद्ध दर्शन, सिला खोजेका नेपाली भाषा लगायतका ऐतिहासिक सामग्री पुस्तकमा छन् । 

छलफल कार्यक्रममा बोल्दै इतिहासविद् तेजबहादुर कार्कीले नेपालको ऐतिहासिक दस्तावेजको रूपमा यो पुस्तक लेखिएको बताए । ‘नेपालबारे प्राचीन र ऐतिहासिक जानकारी लिन चाहनेहरूलाई नेपाल विद्या उपयोगी हुनेछ’, कार्कीले भने ।

विद्यार्थी पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकमा बुद्द, लुम्बिनी र कपिलवस्तुमाथि भएको अन्तर्राष्ट्रिय राजनीतिलाई पनि लेखकले महत्त्वका साथ उल्लेख गरेका छन् ।

सम्पूर्ण किताब नारायणगढले संयोजन गरेको छलफल कार्यक्रममा अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डित र साहित्यकार पूर्णप्रसाद अधिकारी, पत्रकारहरू वसन्त पराजुली, शान्ता अधिकारी, लेखराम सापकोटाले पनि बोलेका थिए ।

पत्रकार एवं मोसो उपन्यासका लेखक सूर्यप्रकाश कँडेलले सहजीकरण गरेको कार्यक्रममा समीक्षक डा. एकनारायण पौडेल, पत्रकार होमराज रानाभाट, गायक एवं साहित्यकार निर्दोष जीवनलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस