जाडोयाममा खाली पेटमा खानुहोस् यी ६ खानेकुरा, हुनेछ फाइदै फाइदा

एजेन्सी

शुक्रबार, २६ मंसिर २०७७, ११ : १५
जाडोयाममा खाली पेटमा खानुहोस् यी ६ खानेकुरा, हुनेछ फाइदै फाइदा

काठमाडौं । चिसो मौसममा सधैं केही तात्तातो खानेकुरा खान मनपर्छ । यो मौसममा तारेको, भुटेको खानेकुराको सेवन हामी बढी गर्छौं जसका कारण पेटमा विभिन्न प्रकारको समस्या देखिन थाल्छ । जाडोयाममा खाली पेटमा केही खानेकुरा खाँदा यसले शरीरलाई निकै फाइदा पुर्याउँछ । यस्ता खानेकुराले तपाईंलाई दिनभरी ऊर्जावान् राख्छ, शरीरलाई तातो बनाइराख्छ र तपाईंको तौललाई पनि नियन्त्रण गर्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔंः


मनतातो पानी र महः


चिसो मौसममा आफ्नो दिनको सुरुवात मनतातो पानी र महसँगै गर्नुहोस् । मह मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइमले भरिपूर्ण हुन्छ । यस्ता तत्वले आन्द्रालाई सफा राख्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने गर्छ । यसबाहेक यो तौल घटाउन पनि निकै सहयोग गर्छ । 


भिजाएको बदामः

बदाम (एल्मोन्ड) मा म्यागनिज, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–थ्री र ओमेगा–सिक्स फ्याटी एसिड पाइन्छ । बदामलाई सधैं राती भिजाएर बिहान खानुपर्छ । बदामको बोक्रामा टेनिन हुन्छ जसले शरीरमा पोषक तत्वको अवशोषण रोक्छ । बदाम भिजाएपछि यसको बोक्रा निकै सजिलै निस्कने गर्छ । बदामले पोषण दिनुका साथै शरीरलाई तातो पनि राख्छ । 

नट्सः

नास्ता गर्नुअघि एक मुठ्ठी नट्स खाँदा पेटको स्वास्थ्य सही रहन्छ । यसले तपाईंको पाचन क्रियालाई सुधार्नुका साथै पेटको पिएच स्तरलाई सामान्य गर्न पनि मद्दत गर्छ । तपाईं आफ्नो दैनिक आहारमा किसमिस, बदाम र पिस्ता समावेश गर्नुहोस् । यसलाई अत्यधिक मात्रामा पनि नखानुहोस् नभए शरीरमा डाबर आउनसक्छ । 

ओटमीलः

ओटमीलभन्दा राम्रो ब्रेकफास्ट अरु केही हुन सक्दैन । यदि तपाईं कम क्यालोरी र पोषक तत्वले भरपुर केही खान चाहनुहुन्छ भने ओटमील खानुहोस् । यसले शरीरबा विषाक्त पदार्थ बाहिर निकाल्छ र आन्द्रलाई स्वस्थ राख्छ । ओटमील खाँदा धेरै बेरसम्म भोक लाग्दैन तसर्थ तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । 

मेवाः
आन्द्रालाई स्वस्थ राख्नुका साथै मेवाले पेटका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ । मेवालाई खाली पेटमा खाने सुपरफुड मानिन्छ । मेवा हरेक मौसममा जहाँ पनि पाइन्छ । यसलाई तपाईं निकै सजिलै आफ्नो ब्रेकफास्टको रुपमा खान सक्नुहुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्छ, मुटु रोगलाई पनि टाढा राख्छ र तौल पनि घटाउँछ ।

भिजाएको ओखरः
बदाम झैं ओखर पनि भिजाएर खाँदा यसले बढी फाइदा पुर्याउँछ । आफ्नो दिनको सुरुवात राती भिजाएको ओखर खाएर गर्नुहोस् । सुख्खाको साटो भिजाएको ओखरमा पोषक तत्व बढी हुन्छ । २–५ वटा ओखर राती भिजाउनुहोस् र बिहान उठेर खाली पेट खानुहोस् । 
 


 

प्रतिक्रिया दिनुहोस