बिहारका एक छात्रले एडमिट कार्डमा लेखे : मेरो बाबुु–आमा इमरान हास्मी र सनी लियोनी हो

एजेन्सी

विहीबार, २५ मंसिर २०७७, १४ : ४६
बिहारका एक छात्रले एडमिट कार्डमा लेखे : मेरो बाबुु–आमा इमरान हास्मी र सनी लियोनी हो

भारत । बिहारका एक छात्रका बाबुु–आमाको नाम पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनिरहेको थियो ।

उत्तर बिहारमा बस्ने बिएस सेकेन्ड ईयरका एक विद्यार्थीको एडमिट कार्डमा उनकी आमाको नाम सनी लियोनी र बाबुुको नाम इमरान हास्मी लेखिएको थियो । जसकारण, धेरैले यो पोस्ट शेयर गरेका थिए भने इमरान पनि ट्रोलको शिकार भएका थिए ।

कलाकार इमरानले आफुु उक्त व्यक्ति नरहेको जानकारी ट्वीटरमार्फत दिएका हुन् । खासमा यी छात्रका माता–पिता मुजफ्फरपुरमा बस्छन्  र दुुबै अविववाहित हुन् । एडमिट कार्डमा नाम उल्लेख भएका छात्र कुन्दर कुमार धनराज महतो डिग्री कलेजका विद्यार्थी हुन् । इमरानले यसबारे ट्वीट गरेपछि उनका प्रशंसकहरुले पनि टिप्पणी गरेका छन् । 

एक फ्यानले लेखेका छन्, ‘यो त अति नै हो । मलाई लाग्छ कि धेरै मानिसहरुले आफ्ना अभिभावकको नामको साटो तपाईको नाम लेखि दिनेछन्, केवल चर्चाका लागि ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘निकै रमाइलो, तर हामी सबैलाई थाहा छ कि यो मजाक हो ।’  पछिल्लो समय इमरान खासै चर्चामा छैनन् । पछिल्लोपटक सुुशान्त सिंह राजपूतको निधनपछि फिल्म उद्योगमा छाएको वंशवादको बहसलाई लिएर भने उनले टिप्पणी गरेका थिए । 

इमरानले भनेका थिए, ‘यी कुराहरु सुन्दा केवल फिल्म उद्योगमा मात्रै वंशवाद छ भनेजस्तो लाग्छ । यद्यपी, त्यस्तो होइन । यदी म कुनै परिवारको हिस्सा हुँ भने यसका लागि म दुखित छैन र आफैंलाई गलत पनि संझन्न । भविष्यमा मेरो चाहना मेरा छोराले नै मेरो विरासत सम्हालुन् भन्ने हुन्छ । म किन अरु कसैलाई मेरो विरासत दिन्छु ?’

प्रतिक्रिया दिनुहोस