आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालन

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १७ : २४
आउँदो आइतबारदेखि मनकामना केबुलकार सञ्चालन

चितवन । कोभिड–१९ का कारण ९ महिना बन्द रहेको मनकामना मन्दिर र केबुलकार आउँदो आइतबारदेखि सञ्चालन हुने भएको छ । 

मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाइमा बसेको सरोकारवालाको बैठकले आइतबारबाट मन्दिर र केवलकार सञ्चालन गर्ने निर्णय गरेको हो । मनकामना केबुलकार सञ्चालक राजेशबाबु श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत्र ८ गतेबाट मन्दिर र केवलकार बन्द गरिएको र आउँदो आइतबार अर्थात् मंसिर २८ गतेबाट सञ्चालनमा आउने बताइएको छ । केबलुकार बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म चल्नेछ । केवलकारले साविकको भन्दा आधा प्रतिशत मात्र यात्रु बोक्ने छ ।

संस्कृति महाशाखाको धार्मिक स्थल सञ्चालन सम्बन्धी स्वास्थ्य सुरक्षा मापदण्ड २०७७ अनुसार कार्यविधि बनाइएको छ । कार्यविधि अनुसार भक्तजनहरु लाइनमा बस्दा तीन फिटको भौतिक दुरी कायम गर्नुपर्ने छ । मास्क अनिवार्य गरिएको छ ।  हाललाई भक्तजनहरु मन्दिरभित्र गएर पूजाआजा गर्न पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस