जाडोबाट बच्न कोठा न्यायो बनाउँदै हुनुहुन्छ ! यि कुरामा ध्यान दिनुहोस....

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, १० : ४७
जाडोबाट बच्न कोठा न्यायो बनाउँदै हुनुहुन्छ ! यि कुरामा ध्यान दिनुहोस....

काठमाडौँ । जाडो याम शुरु भईसकेको छ । जाडोबाट बच्न विभिन्न उपायहरु अपनाउने तरखरमा हुनुहुन्छ होला । तर यो समयमा जाडोबाट बच्न  सुत्ने कोठा न्यानो बनाएर सुत्ने बानी  छ भने तपाईको कोठामा हावा ओहोरदोहोर गर्ने भेन्टिलेटर छ कि छैन ? याद गर्नुभएको छ, छैन भने हावा ओहोरदोहोर गर्ने प्रणाली लडान गरिहाल्नुस । 

नेपालका तपाई भेगका अधिकांश विपनन परिवारका मानिसहरु ओछ्यान नजिकै आगो बालेर समेत सुत्ने गर्छन् । तर यो मौसममा यि यस्ता आनीबानी र विद्युतिय उपकरण चलाउँदा निकै सावधानी र होशीयारी अपनाउनुपर्छ । यो गरेको पाईदैंन ।

अघिल्ला वर्ष यी यस्ता कारणले विभिन्न उपकरण र आगो बालेर सुत्ने गरेका कारण केहि मानिसले मृत्युवरण गर्नुपरेको थियो । त्यसैले घरको कोठामा हावाको आवतजावत नहुने गरी ठप्पै पारेर राख्दा गुम्सीएर, निस्सासीएर, अक्सिजनको मात्रा नपुगेर मानिसको ज्यानै जान सक्छ । तसर्थ विज्ञले दिएका यी सुझावहरु हेरौँ ।

जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर पनि अन भए नभएको कोठामा लिक भए नभएको जाँच्नुपर्दछ । गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले बन्द कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ ।

यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ । कतिपय यस्तो विषाक्तताका कारण उपचारका लागि धाइरहेका हुन्छन् । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । बालबालिका वृद्धवृद्धा विशेष अवस्थाका महिलालाई अझ बढी समस्या देखापर्छ ।

चिकित्सकका अनुसार राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । जानकार परिवारका सदस्यले सबैलाई बुझाउनुपर्छ ।

चिकित्सकका अनुसार यस्ता दुर्घटनाबाट जोगिन ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने, पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने, सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने, परिवारलाई यस्ता घटनाबारे जानकारी गराई सचेत गराउने, बालबालिका र वृद्धवृद्धाको लागि विशेष व्यवस्था गर्ने, यस्ता उपकरण भन्दा न्यानो लुगा कपडामा जोड दिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस