सगरमाथाको उचाइमा किन जोडियो चीन ?

पत्रपत्रिकाबाट

बुधबार, २४ मंसिर २०७७, ०७ : ४७
सगरमाथाको उचाइमा किन जोडियो चीन ?

काठमाडौँ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८ हजार ८४८ दशमलव ८६ मिटर भएको नेपाल र चीनका राष्ट्रपतिले संयुक्त रूपमा घोषणा गरेका छन् । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका राष्ट्रपति सी चिनफिङको सन्देश स्टेट काउन्सिलर ९विदेशमन्त्री० वाङ यीले वाचन गरेर सगरमाथा ९चिनियाँ भाषामा चोमोलोङ्‍मा०को उचाइ घोषणा भएको हो । 

दुवै मुलुकका राष्ट्रपतिले मंगलबार विदेशमन्त्रीहरूमार्फत जारी गरेको सन्देशमा सगरमाथारचोमोलोङ्‍माको उचाइ संयुक्त रूपमा घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए ।योसँगै उठ्ने सगरमाथा नेपालको कि चीनको रु नेपालको भए चीन किन यसमा सहभागी भयो रु भन्ने सम्भावित प्रश्नहरूको जवाफ नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले दिएका थिए । नापी विभागमा आयोजित ुसगरमाथाको उचाइ घोषणा तथा सम्मान समारोहुमा ज्ञवालीले सगरमाथाको उचाइको ुविश्वसनीयता र प्रामाणिकताको लागिु चीनलाई सहभागी गराइएको बताए ।

त्यसो त सगरमाथा नेपाल र चीनको सीमामा पर्छ । सगरमाथाको टुप्पो भने नेपालमा पर्छ । सगरमाथाको दक्षिणमा नेपाल छ भने उत्तरमा चीन । त्यसैले पनि सगरमाथाको उचाइ घोषणामा चीनलाई सहभागी गराइएको मन्त्री ज्ञवालीले बताए । ुसगरमाथाको उत्तरी पाटो जनवादी गणतन्त्र चीनसँग सम्बद्ध छ । त्यसो भएर यसको उचाइ संयुक्त रूपमा घोषणा गरिनु आवश्यक थियो, यसको विश्वसनीयताका लागि, उनले थपे, नेपालको नापी विभागले उचाइ मापन सुरु गरेर डाटाहरू प्रोसेसिङ गर्दै जुन बिन्दुमा ल्याइपुर्‍याएको थियो चिनियाँ मित्रहरूले गरेको सर्भे र उहाँहरूको तथ्यांक प्रशोधनमा पनि समान डाटाहरू देखा परेका छन् र अब तथ्यहरूमा कुनै द्विविधा, अन्योल या भ्रमहरू बाँकी रहेका छैनन् । यसले हाम्रो मापनको वैज्ञानिकता र आधिकारिकताको पनि थप पुष्टि गरेको छ ।

सगरमाथाको उचाइलाई लिएर को भ्रममा थियो भन्ने मन्त्री ज्ञवालीले खुलाएनन् । उनले ुअब कोही भ्रममा नपर्नेु मात्रै भने । कूटनीतिक भाषा बोल्ने मन्त्री ज्ञवालीले मात्रै नभएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पनि सगरमाथाको उचाइलाई लिएर भएका आशंका र द्विविधाहरूको निवारण भएकोु बताएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।