कोरोना संक्रमित काठमाडौँमा बढी, मनाङ र डोल्पामा संक्रमित शून्य

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १६ : ५३
कोरोना संक्रमित काठमाडौँमा बढी, मनाङ र डोल्पामा संक्रमित शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंमा ४ हजार ८७७, ललितपुरमा ९९२ र भक्तपुरमा ४५० सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं, कास्की र ललितपुरमा मात्रै ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै हाल मनाङ र डोल्पामा एक जना पनि संक्रमित रहेका छैनन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस निको हुने दर ९४.१ प्रतिशत रहेको छ । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १२ हजार ६८६ अर्थात ५.२१ प्रतिशत रहेको जनाएको छ । यस्तै संक्रमितमध्ये १६३७ अर्थात ०.६७ प्रतिशत निको भएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको कोरोना परीक्षण हुँदा १३८२ जनामा संक्रमण पुष्टि भएको छ । जसमा महिला ५४६ र पुरुष ८३६ जना रहेका छन् । यस्तै १६२१ जना निको र २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३७७ र निको हुनेको संख्या २ लाख २९ हजार ५४ जना रहेका छन् । यस्तै मृत्यु हुनेको कुल संख्या १६३७ जना रहेको छ भने क्वारेन्टिनमा ५२३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस