कोरोनाका कारण २३ जनाको मृत्यु, १ हजार ३८२ संक्रमित थपिए, १ हजार ६२१ निको

सफल खबर संवाददाता

मंगलबार, २३ मंसिर २०७७, १६ : ३१
कोरोनाका कारण २३ जनाको मृत्यु, १ हजार ३८२ संक्रमित थपिए, १ हजार ६२१ निको

काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोनासम्बन्धी कारणले २३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाको कारणले गर्दा १ हजार ६३७ जनाले ज्यान गुमाइसकेका छन्। नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.६७ प्रतिशतले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ६२१ संक्रमित निको भएका छन् । हाल देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमित छन्। 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस