काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई कति होला ? सवैको जवाफ आउने गर्छ ८ हजार ८४८ मिटर । तर अब यो उचाईमा केही हेरफेर हुने भएको छ ।
नेपालले पहिलो पटक आफ्नै श्रोतसाधन र जनशक्ति प्रयोग गरी सगरमाथाको उचाई मापन गरेको छ । दुई वर्ष देखि नेपालले सगरमाथाको उचाई मापन कार्य गर्दै आएको थियो । नेपालले गरेको मापनमा चीन पनि घोषणाको तहमा आएर सहभागी हुन लागेको हो । चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ आज सार्वजनिक गरिन लागेको हो ।
नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विशेष कार्यक्रम मार्फत सगरमाथाको उचाई घोषणा गर्ने कार्यक्रम राखिएको मन्त्री पद्मा अर्यालले जानकारी दिएकी छिन् । नयाँ मापनमा सगरमाथाको उचाई करिब १ मिटर भन्दा बढी देखिएको स्रोतको भनाई छ । त्यसो हुँदा अब सगरमाथाको उचाई ८ हजार ८ सय ४९ दशमलव ...मिटर हुने र त्यसलाई नेपाल र चीन दुवैले एकै साथ घोषणा गर्ने बताईएको छ ।
नेपालमा घोषणा गर्ने कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम समेत रहेको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीका अनुसार फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको हो ।
यही मङ्सिर १० गते मन्त्रिपरिषद् बैठकले उचाइ घोषणाको स्वीकृति दिएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ मंसिर २०७७, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालिको आरोहण सिजनमा सयौँ चढे सगरमाथा
आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
असई कुन्जाङले चढिन् सगरमाथा
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
सुरु भयो योे वर्षको सगरमाथा आरोहण, ४२१ जना चुचुरो चुम्ने प्रतिक्षामा
भूकम्पपछि चीनले अस्थायी रूपमा बन्द गर्यो सगरमाथा क्षेत्र