यात्रु नहुँदा खर्च धान्नै मुस्किल

पत्रपत्रिकाबाट

मंगलबार, २३ मंसिर २०७७, ०८ : २७
यात्रु नहुँदा खर्च धान्नै मुस्किल

काठमाडौं । कोरोना संक्रमणका कारण झन्डै ६ महिनासम्म रोकिएका लामो दूरी (२०० किलोमिटर बढीका गन्तव्य) का सार्वजनिक सवारी गत असोज १ गतेदेखि सञ्चालनमा त आए । तर लामो दूरीमा सञ्चालन भएका ती सवारीले अझैपनि भनेजति यात्रु भेटेका छैनन् । 

कोरोना महामारीबीच पनि अढाई महिना अघिदेखि गुडिरहेका लामो दूरीका ती सवारी अहिले पनि रित्तै गुड्नुपरेको व्यवसायीको भनाइ छ ।  पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी झन्डै ६ महिना रोकिएका सवारी असोजदेखि गुड्न थालेपनि व्यवसायीले कमाउन भने नसकेको बताउँछन् । उनका अनुसार अहिले पनि लामो दूरीका सवारीका यात्रु छैनन् । 

सेवा सुचारु भएको अढाइ महिनाको अवधिमा मुख्य चाँड दसैं, तिहार, छठ परेपनि त्यो बेला पनि यात्रु पाउन नसकेको उनले बताए । तिहारपछि बल्ल यात्रुको केही संख्या बढेको उनले बताए । यात्रुविहीन तरिकाले सेवा दिँदा व्यवसायीले खर्च धान्नसमेत नसकेको अध्यक्ष केसीले बताए । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस