घट्दै सक्रिय संक्रमित

पत्रपत्रिकाबाट

मंगलबार, २३ मंसिर २०७७, ०७ : ४२
घट्दै सक्रिय संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या दैनिक रूपमा घट्दै गएको छ । अब देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ मात्रै रहेको छ ।

२ लाख ४१ हजार ९ सय ९५ जना संक्रमितमध्ये २ लाख २७ हजार ४ सय ३३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलव ९८ प्रतिशत रहेको छ । केही दिनयता कोरोना परीक्षणदर घटेको छ । एक हप्तालाई आधार मान्दा दैनिक सात हजारको हाराहारीमा मात्रै कोरोना परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार ६ हजार २ सय २० जनाको पीसीआर परीक्षण भएको छ । यसअघि आइतबार ६ हजार ४ सय ९५ जनाको कोरोना परीक्षण भएको थियो । हालसम्म १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर ५ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । राजधानी दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस