काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सचिव र सहसचिवस्तरीय संयुक्त कार्यदल बैठक यसै साता बस्ने भएको छ । कोभिड–१९ को महामारीका कारण अनलाइनमार्फत हुन लागेको बैठकमा पुरानै एजेन्डाले प्राथमिकता पाउने मन्त्रालयले जनाएको छ ।यसअघि छलफल भएका तर नटुंगिएका विषयमा बैठक केन्द्रित हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव प्रवीणराज अर्यालले जानकारी दिए ।
‘यसअघि छलफलमा रहेका विषय नै यो पटकको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत हुनेछन्,’ उनले भने, ‘यद्यपि बैठकका एजेन्डाबारे दुई देशबीच छलफल जारी छ ।’ यो पटकको बैठक अन्तरदेशीय प्रसारण लाइन, इनर्जी एक्सचेन्जजस्ता विषयमा केन्द्रित हुने उनले जानकारी दिए । कान्तिपुरमा खबर छ ।
यी हुन् एजेन्डा
– अन्तरदेशीय प्रसारण लाइन
– अन्तरदेशीय विद्युत् व्यापार
– नयाँ प्रसारण लाइनबारे अध्ययन
– दुई देशको ग्रिड सिन्क्रोनाइजेसन
– इनर्जी बैंकिङ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २१ मंसिर २०७७, ०८ : ३०
लेखकबाट थप