२४ घण्टामा १३ जना कोरोना संक्रमितकोे मृत्यु, थपिए १ हजार ३४३, निको भए २ हजार १११

सफल खबर संवाददाता

विहीबार, १८ मंसिर २०७७, १६ : १६
२४ घण्टामा १३ जना कोरोना संक्रमितकोे मृत्यु,  थपिए १ हजार ३४३,  निको भए २ हजार १११

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३४३ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा २ हजार १११ जना निको भएर घर फर्किएका छन्। 

बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाबाट निको हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५५१ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस