काठमाडौँ । प्रधानमन्त्रीमा निर्वाचित भएयताको साढे २ वर्षमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा धेरै भेटघाट कसैसँग गरे भने ती अर्का अध्यक्ष पुष्पकमल दाहाल नै हुन् । ओलीले सरकारको नेतृत्व लिएको तेस्रो दिन ०७४ फागुन ५ गते सुरु भएको अध्यक्षद्वयको अनवरत भेटघाटको सिलसिला गत कात्तिक २५ गतेयता भने ठप्प छ ।
पार्टी सचिवालय बैठक हुँदा दुई मिटरको दूरीमा बसेर एकअर्काविरुद्ध तिखो टिप्पणी गर्नेबाहेक यी दुई अध्यक्षबीच संवाद नहुँदा नेकपाको प्रगति स्थिर देखिन्छ, अन्तरद्वन्द्व उकुसमुकुसपूर्ण छ । यही पृष्ठभूमिका बीच बुधबार बोलाइएको सचिवालय बैठकबाट पार्टीभित्रको बहुमतीय अभ्यास औपचारिक रूपमै सुरु गर्ने तयारीसहित बालुवाटार पुगेका नेताहरू हच्किएपछि प्रधानमन्त्री ओलीले रणनीति बनाउन थप समय पाएका छन् ।
‘हामीसँग बहुमत छँदै छ, बैठकमा प्रधानमन्त्री उपस्थित भए पनि नभए पनि कात्तिक २२ यता सचिवालयमा आएका सबै लिखित दस्ताबेजलाई स्थायी कमिटीमा लैजाने र त्यहीँबाट छिनोफानो गर्ने पक्षमा थियौं,’ सचिवालयका एक सदस्यले कान्तिपुरसँग भने, ‘तर प्रचण्ड कमरेडले अधिकांश विषय प्रधानमन्त्रीसितै सम्बन्धित भएकाले उहाँ उपस्थित नहुँदासम्म बैठक बस्न नसकिने बताएपछि सार्न सहमत भएका हौं ।’कान्तिपुर दैनिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १८ मंसिर २०७७, ०७ : २४
लेखकबाट थप