‘अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधलीको कुनै प्रमाण फेला परेन्’

एजेन्सी

बुधबार, १७ मंसिर २०७७, १० : ३२
‘अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधलीको कुनै प्रमाण फेला परेन्’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी चुनावमा धाँधली भएको प्रमाण फेला नपरेको अमेरिकाका महान्यायाधिवक्ताले स्ष्पट पारेका छन् । न्यायधिवक्ता विलियम बारले राष्ट्रपति  ट्रम्पको दाबी अनुसार सन् २०२० को चुनावमा कुनै पनि प्रकारको धाँधलीको प्रमाण फेला नपरेको बताएका छन्। 

‘चुनावी परिणामलाई नै प्रभावित पार्ने गरी धाँधली भएको कुरालाई पुष्टि गर्ने अहिलेसम्म कुनै प्रमाण फेला परेको नपरेको उनले दाबी गरेका छन् । अहिलेसम्म पराजय स्वीकार नगरेका ट्रम्पलाई महान्यायाधिवक्ताको यो भनाइले झड्का दिएको छ। ट्रम्प तथा उनको चुनावी अभियानका तर्फबाट पराजय भएका राज्यमा अदालतमा चुनौती दिइएको थियो। तर अब ती राज्यले जो बाइडेनलाई विजयको प्रमाणपात्र दिन सुरु गरेका छन् ।

महान्यायाधिवक्ता बारले सुनियोजित तरिकाले धाँधली भएको, मतदान मेशिन ह्याक गरिएको दाबी गरिए पनि कानुन मन्त्रालय र होमल्याण्ड सेक्युरिटी मन्त्रालयले कुनै ठोस प्रमाण फेला नपारेको बताए। 

ट्रम्पको चुनावी अभियानका वकिल रुडी जुलियानी र जेला एलिसले भने महान्यायाधिवक्ताको भनाइ विना कुनै जानकारी र सुनियोजित धाँधलीको प्रमाण नहेरीकन महान्यायाधिवक्ताले अभिव्यक्ति दिएको टिप्पणी गरेका छन्। 

प्रतिक्रिया दिनुहोस