बालुवाटारमा सुरु भयो नेकपा सचिवालयको बैठक, दुई अध्यक्षको आरोप–प्रत्यारोपको विषयमा छलफल हुँदै

सफल खबर संवाददाता

मंगलबार, १६ मंसिर २०७७, १३ : ४२
बालुवाटारमा सुरु भयो नेकपा सचिवालयको बैठक, दुई अध्यक्षको आरोप–प्रत्यारोपको विषयमा छलफल हुँदै

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक वालुवाटारमा सुरू भएको छ। धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृह मन्त्रालयको रिर्पोटिङपछि बालुवाटारमै बैठक बोलाइएको हो । 

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको ‘राजनीतिक प्रस्ताव’ र प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १३ गते फर्काएको ‘प्रत्युत्तर पत्र’ को बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । 

दुवै पत्रलाई मंसिर १८ गतेका लागि तय भएको स्थायी कमिटी बैठकमा छलफल गराउने कि नगराउने  भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । अन्य अजेन्डा पनि तय गर्ने नेताहरूले बताएका छन्।