एजेन्सी । इरानले इजरायलमाथि आफ्ना वरिष्ठ आणविक वैज्ञानिक मोहसेन फक्रिजादेहको हत्या गरको आरोप लगाएको छ । शुक्रबार तेहराइन नजिकै अब्सर्दमा भएको आक्रमणपछि फक्रिजादेहलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो ।
इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामिनेईका सैन्य सल्लाहकार हुसैन देग्घानले इजरायलमाथि आक्रमण गरिने बताएका छन् । यसअघि, ६१ वर्षीय फक्रिजादेह गोप्य रुपमा सञ्चालित इरानी आणविक हतियार कार्यक्रमका मुख्य व्यक्ति रहेको पश्चिमा गुुप्तचार निकायहरुका ठहर थियो ।
ईरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै आएको छ । ईरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले विश्व समुदायसँग हत्याप्रयासको निन्दा गर्न माग गरेका छन् । ‘आतंकवादीहरुले प्रसिद्ध इरानी वैज्ञानिकको हत्या गरे,’ उनले ट्वीटरमा लेखेका छन् ।
संयुक्त राष्ट्रसंघका ईरानी दूत मजिद तख्त राभान्चीले मध्यपूर्व क्षेत्रमा अस्थिरतामा निम्त्याउनेगरी अन्तर्राष्ट्रिय काूनन उल्लंघन गर्दै हत्या गरिएको जनाएका छन् । विदेशमन्त्री जरिफले यस घटनामा ईजरायलको संलग्नता रहेको गम्भिर संकेत मिलेको दाबी गरेका छन् । यद्यपी, इजरायलले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ मंसिर २०७७, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई