चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

सफल खबर संवाददाता

शनिबार, १३ मंसिर २०७७, १० : ०८
चिनियाँ रक्षामन्त्री आइतबार नेपाल आउँदै

काठमाडौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले नेपालको दुईदिने भ्रमण सकेर स्वदेश फर्केलगत्तै चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण तय भएको हो ।

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार नेपाल भ्रमणमा आउने तय भएको परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छ ।

भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उनी आइतबार साँझ नै फर्कनेछन् । 

प्रतिक्रिया दिनुहोस