एजेन्सी । इरानका शीर्ष परमाणु वैज्ञानिक भएको छ । मोहसिन फखरीजादेहको हत्या भएको इरानी रक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मुलुककै शीर्ष परमाणु वैज्ञानिक रहेको र उनको हत्या भएको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।
इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्,‘ुआतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् ।’
पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बीबीसीले उल्लेख गरेको छ । इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको हत्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् ।
सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ मंसिर २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई