एजेन्सी । इरानका शीर्ष परमाणु वैज्ञानिक भएको छ । मोहसिन फखरीजादेहको हत्या भएको इरानी रक्षा मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले मुलुककै शीर्ष परमाणु वैज्ञानिक रहेको र उनको हत्या भएको जनाएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो । आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ ।
इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई ‘राज्य प्रायोजित आतंक’ को संज्ञा दिएका छन् । उनले ट्विटरमा लेखेका छन्,‘ुआतंकवादीहरुले इरानका प्रख्यात वैज्ञानिकको हत्या गरेका छन् ।’
पश्चिमा मुलुकका जासुसी संस्थाहरुले इरानको गोप्य परमाणु हतियार कार्यक्रमको पछाडि फखरीजादेहको हात रहेको बीबीसीले उल्लेख गरेको छ । इरानी विदेशमन्त्री जरिफले आफ्ना वैज्ञानिकको हत्यापछाडि इजरायलको हात हुन सक्ने बताएका छन् ।
सन् २०१८ को अप्रिलमा इरानको आणविक कार्यक्रमका बारेमा एउटा प्रस्तुति दिने क्रममा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इरानी वैज्ञानिक फखरीजादेहको नाम उल्लेख गरेका थिए । इजरायलले भने आफूमाथि लागेको आरोपको अहिलेसम्म प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १३ मंसिर २०७७, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ वर्षपछि इरानविरुद्ध खेल्दै नेपाल
इरानमा आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड : संयुक्त राष्ट्रसंघ
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन