भारतीय अधिकारीको भ्रमणमा चिनियाँ छाया

पत्रपत्रिकाबाट

शनिबार, १३ मंसिर २०७७, ०८ : १९
भारतीय अधिकारीको भ्रमणमा चिनियाँ छाया

काठमाडौं । आवरणमा चिसिएको सम्बन्ध सुधार्नकै लागि दिल्लीले उच्चस्तरीय ‘डेलिगेसन’ काठमाडौंमा निरन्तरजसो पठाएको देखिए पनि विज्ञहरूले चीनको चिन्ताले यस्ता भ्रमणहरू बाक्लिएर गएको प्रतिक्रिया दिएका छन ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणलाई कतिपय भारतीय मिडियाले दिल्लीसँग काठमाडौंले सम्बन्ध सुधार्न खोजेकैले भ्रमण सम्भव भएको भनेर प्रचार गरे पनि यथार्थमा नेपालमा चिनियाँ चासो र प्रभाव बढ्ने भयले दिल्ली काठमाडौंसँग जोडिन चाहेको देखिन्छ ।

‘विशेषतः भारतले प्रत्यक्ष चाहेको संशोधनको सुझाव पन्छाएर ५ वर्षअघि नेपालले संविधान जारी गर्दा र गत जेठमा नेपालको नयाँ राजनीतिक नक्सामा संसद्को सर्वसम्मत सार्वजनिक भएपछि प्रभाव र प्रभुत्वको अर्थमा भारत केही गलेको थियो,’ नेपाल तथा एसियाली अध्ययन केन्द्र ९सिनास० का कार्यकारी निर्देशक प्राध्यापक मृगेन्द्रबहादुर कार्कीले भने, ‘त्यसमाथि उत्तरी छिमेकीको प्रभाव र पहुँचको बढ्दो डिग्रीसामु चलनचल्तीको भाषामा ट्रस्टलाई रिस्टोर गर्न दिल्ली काठमाडौं धाउन थालेको देखिन्छ ।’

संयोगवश, भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार नेपाल–भारत सम्बन्धलाई लिएर दिएको प्रवचनमा नेपालसँगको सम्बन्धमा ‘चार खम्बा’ भनेर विकास सहयोग, दह्रो सम्पर्क सञ्जाल, विस्तारित संरचना र आर्थिक परियोजनाहरूको चर्चा गरेपछि छिमेकसँगको प्रभाव र पहुँच विस्तारमा भारतले पनि चीनकै सिको गरेको हो कि झैं देखिएको उनले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस