दाङ – दाङमा पाँच राउण्ड गोली लागेर घाइते अवस्थामा एकजना युवक भटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।
घाइते पौडेलले घटनाबारे केही नबताएको उनले जानकारी दिए । ‘कसरी गोली लाग्यो भन्ने बारेमा घाइतेले केही बताएका छैनन्’ डिएसपी सिंहले भने, ‘अहिले प्रहरी घटना स्थलको खोजीमा परिचालन भएको छ ।’
पौडेलको ढाडमा तीनवटा र दाहिने खुट्टाको तीघ्रामा थप दुईवटा गोली लागेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ च्याउखोला नजिक गोली लागेको अवस्थामा पौडेल बुधबार राति फेला परेका थिए । घाइतेको अहिले नेपालगञ्जमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते
दैलेखमा चक्कु प्रहारबाट दुईजना घाइते
तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारी घाइते, सिंहदरबार क्षेत्रमा सुरक्षा ‘हाइ अलर्ट'
गुल्मीमा माटोको ढिस्कोले पुरिएर २ जना घाइते