दाङ – दाङमा पाँच राउण्ड गोली लागेर घाइते अवस्थामा एकजना युवक भटिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी ४५ वर्षीय खुसलराम पौडेल गोली लागेर घाइते अवस्थामा फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले बताए ।
घाइते पौडेलले घटनाबारे केही नबताएको उनले जानकारी दिए । ‘कसरी गोली लाग्यो भन्ने बारेमा घाइतेले केही बताएका छैनन्’ डिएसपी सिंहले भने, ‘अहिले प्रहरी घटना स्थलको खोजीमा परिचालन भएको छ ।’
पौडेलको ढाडमा तीनवटा र दाहिने खुट्टाको तीघ्रामा थप दुईवटा गोली लागेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ९ च्याउखोला नजिक गोली लागेको अवस्थामा पौडेल बुधबार राति फेला परेका थिए । घाइतेको अहिले नेपालगञ्जमा उपचार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ मंसिर २०७७, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनका घाइतेहरुकाे वर्गीकरण सम्बन्धि कार्यविधि तयार
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख रुपैयाँ भैपरी खर्च
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे
सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना
प्रहरीले हानेको रबरको गोली लागेर दुई फोटो पत्रकार घाइते
स्कारपियोसंग ठोक्किएर माइक्रो सडकमा पल्टिदा दुई जना घाइते