नेप्सेमा नयाँ रेकर्ड, प्रिओपनिङ सेसनमै २० अंकले बढ्यो बजार

सफल खबर संवाददाता

विहीबार, ११ मंसिर २०७७, ११ : २७
नेप्सेमा नयाँ रेकर्ड, प्रिओपनिङ सेसनमै २० अंकले बढ्यो बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ ।

औपचारिक कारोबार सुरु हुनुभन्दा अघि नै १८ अंकले बजार बढ्दा नेप्सेमा नयाँ रेकर्ड बनेको हो । ४ वर्षअघि १ हजार ८ सय ८१ अंकसम्म पुगेर ओरालो लागेको नेप्सेले त्यो विन्दुलाई पार गरेको हो । 

बुधबार १ हजार ८ सय ७४ अंकमा बन्द भएको बजार परिसूचक बिहीबार बिहान प्रिओपनिङ सेसनमै करिब २० अंकले बढेर १ हजार ८ सय ९४ बाट कारोबार सुरु भएको हो । बैंक र विकास बैंकको समूहले आजको समग्र बजारको नेतृत्व गरिरहेको छ ।