सगरमाथाको उचाइ सार्वजनिक गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

सफल खबर संवाददाता

बुधबार, १० मंसिर २०७७, २१ : १८

काठमाडौं । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सगरमाथाको उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । 

हाल ८ हजार ८४८ मिटर उचाइ मानिएको सगरमाथाको उचाइ पुनः एकिन गर्नेगरी मापन गरिएको थियो । मन्त्रिपरिषद्बाट स्वीकृती प्रदान भभएसँगै केही दिनभित्रै कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस