चितवन । चितवनको नारायणगढ स्थीत सेन्ट्रलपाम होटलमा सहयोगी सहीत रहेका पुर्व युवराज पारश शाहमा मुटुमा समस्या देखिएपछि चिकित्सकको टोलिले होटलमै पुगेर उपचार गरेको छ ।
चितवन मेडिकल कलेजका प्राध्यापक बरिष्ठ मुटुरोग बिशेषज्ञ डा स्याम राज रेग्मीको नेत्रित्वमा ६ जनाको टोली होटलमा पुगी शाहलाई रुममै राखेर उपचार गरेको हो । अहिले शाहाले केही सहज महसुस भएको बताएको र रुपमै आराम गरिरहेको डा रेग्मीले बताए । बढि समस्या देखिएमा अस्पतालमै लगेर उपचार गरिने रेग्मीले बताए ।
शाहमा मुटुको गति बढेको र प्रेसर पनि अलि बढेको पाईएको अरु समस्या अहिले नदेखिएको रेग्मीको भनाई छ । उनी अहिले गहिरो निन्द्रामा रहेकाले राति बढि समस्या देखिए अस्पतालमै लगेर उपचार गरिने डा रेग्मीले बताए । आफुहरु तयारी अवस्थामै रहिरहने डा रेग्मीको भनाई छ । होटल बाट चिकित्सकको टोली भने अहिले बाहिरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० मंसिर २०७७, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले अपराधको पाप पखाल्न पशुपतिमा बत्ती बालेः भीम रावल
जुम्लाको गोठी गाउँमा आगलागी हुँदा २८ घर जलेर नष्ट
सक्कली माओवादीहरु पार्टी एकताको पक्षमा : प्रभु साह
भारतमा गणतन्त्र दिवसका दिन किसानहरुको ट्याक्टर र्याली
जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह
‘नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्’