बलात्कारीलाई कडा कारवाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, आक्रोसित स्थानियले आरोपितको घर समेत जलाए

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, ११ : २५
बलात्कारीलाई कडा कारवाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, आक्रोसित स्थानियले आरोपितको घर समेत जलाए

बर्दिबास । ६ वर्षिया बालिकालाई बलात्कार गरि हत्या गरेका व्यक्तिलाई  कडा कारवाहीको माग गर्दै महोत्तरीको बर्दिबास स्थित पुर्वपश्चिम राजमार्ग स्थानियले अवरोध गरेका छन् । उनीहरुले राजमार्गको विभिन्न ठाँउमा टायर बाली अवरोध पुर्याएका छन् । 

बर्दिबास –१४ शुभम् बस्तीबाट  हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका बुवाले माग गरेका छन्। आरोपित पक्राउ गरेसंगै  आफुले नै हत्या गरहेको  प्रारम्भिक बयानमा स्वीकारेको प्रहरीको भनाई छ । 

आरोपितको घरमा आगजनी र तोडफोड

स्थानियले बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुण कुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा आगजनी तथा तोडफोड  गरेका छन् । 

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस