महोत्तरी । महोत्तरीमा एक हार्डवेयर गोदाममा गएराति आगलागी हुदाँ व्यापक क्षती भएको अनुमान गरिएको छ ।
महोत्तरीको औरही वडा नम्बर १ स्थित अम्बिका जेनरल हार्डवेयर गोदाममा आईतबार साँझमा आगलागी हुदाँ करिब १० लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान छ ।
साँझमा अन्दाजी साढे ७ बजे देखि लागेको आगो नियन्त्रण लिन करिब ५ घण्टासम्म लागेको थियो । आगो निभाउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र ५ वटा दमकल समेत परिचालन गरिएको थियो ।
साँझमा गोदामबाट धुँवा आएपछि आगलागी भएको कुरा थाहा पाएको गोदामका संचालन महेश साहले बताए । उनले आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षती भएको बताए ।
व्यवसायी साहले आफ्नै घरको तल्लो फ्लाइटमा हार्डवेयरको गोदाम राखेका थिए। माथिल्लो तल्लामा पारिवारिक बसाई र केही कोठा भाडामा लगाएका छन् ।
तल्लो तल्लाको गोदाममा आगलागी भएको धुँवा माथिल्लो तल्लामा पुगेपछि त्यहाँ रहेका बच्चाहरुले आगो लागेको हल्ला गरेका थिए । स्थानीयवासीहरु सो ठाउँमा पुगेर बच्चाहरुको उद्धार तत्कालै गरेका थिए । गोदाममा रहेको स्प्रिटमा आगो लागेपछि स्थानीयले आगो नियन्त्रणमा लिन खोज्दै गर्दा आगोको मुस्लोले खाना पकाउने ग्यासको सिलिन्डरमा पुगेको र त्यहाँबाट भागाभाग समेत भएको थियो । स्थानीय धर्मेन्द्र कुमार यादवले भने– एकैछिनमा सिलिन्डर पड्किएपछि आगो गोदामभरी फैलियो थियो ।
महोत्तरीको बर्दिबास, जलेश्वर नगरपालिका, धनुषाको क्षिरेश्वर नगरपालिका, जनकपुरधाम उपमहानगपालिकाबाट गएको दमकलले फैलिएको आगो राति करिब साढे ११ बजे नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान उनको छ ।
यता हार्डवेयर गोदाम र सुविसुको अफिस जलेर खरानी भएको छ भने लघुवित्तमा समेत क्षती भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ मंसिर २०७७, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति
टर्कीमा आगलागीः ५५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
नागार्जुनमा आगलागी, क्षतिको विवरण आउँन बाँकी
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लामा आगलागी, आठ घर जलेर खरानी
बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग