मनकामना केबुलकार २३औँ वर्षमा प्रवेश, स्तरीय सेवा दिने प्रण

सफल खबर संवाददाता

सोमबार, ०८ मंसिर २०७७, १२ : ४०
मनकामना केबुलकार २३औँ वर्षमा प्रवेश, स्तरीय सेवा दिने प्रण

चितवन । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारले सेवा सुरु गरेको २२ वर्ष पूरा भएको छ । २३औँ वर्ष प्रवेशको अवसरमा मनकामना केबुलकारले सुरक्षाका मापदण्डसहित अझै स्तरीय सेवा दिने प्रण गरेको छ ।

वार्षिक करिब १० लाख यात्रुलाई सेवा दिँदै आएको मनकामना केबुलकारले स्थापनाकालदेखि अहिलेसम्म डेढ करोड यात्रुलाई सेवा प्रदान गरिसकेको मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।

अनलाइन र फोनबाट पनि केबुलकारको टिकट खरिद गर्न मिल्ने व्यवस्थासहित कोरोनाकै बीच सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर केबुलकार पुनः सुरु गर्ने तयारी भइरहेको उनले बताए । 

कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले यहाँसम्मको सफलयात्रामा साथ दिने सम्पुर्णमा हार्दिक धन्यबाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस