तनहुँ र चितवनबाट २१ जना जुवाडे पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ मंसिर २०७७, १२ : २०
तनहुँ र चितवनबाट २१ जना जुवाडे पक्राउ

काठमाडौँ । प्रहरीले तनहुँ र चितवनबाट २१ जुवाडेलाई पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार तनहुँको ब्यास नगरपालिका(१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चितवनको भरतपुर महानगरपालिका(९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस