काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चरम उत्कर्षमा पुगेका बेला दुई छिमेकी मुलुक भारत र चीन सरकारका उच्चस्तरीय टोलीको नेपाल भ्रमण हुने भएको छ ।
भारतीय विदेश सचिव हर्षवद्र्धन शृंग्ला र चिनियाँ रक्षा मन्त्री तथा स्टेट काउन्सिलर वेई फेङ्हेको भ्रमणको मिति तय भइसकेको छ भने भारतीय विदेश मन्त्री जय शंकर र चिनियाँ विदेश मन्त्री वाङ यीले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भएका छन् । तर उनीहरुको भ्रमणको मिति भने तय भइसकेको छैन ।
भारतीय विदेश सचिव शृंग्ला मंसिर ११ गते दुई दिने भ्रमणका लागि नेपाल आउनुहुने भएका छन् भने चिनियाँ रक्षा मन्त्री वेई भने मंसिर १४ गते नेपाल आउनुहुने भएको छ । नेपाल आउन लागेका चिनियाँ नेता उच्चस्तरीय नेता भएकाले नेपालको आन्तरिक राजनीतिमा समेत छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा वेई नेपाल आउन लाग्नुभएको हो ।
उहाँको भ्रमण अवधि छोटो भए पनि नेपालका प्रमुख नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ । उहाँको भ्रमणका बारेमा सरकारले औपचारिक जानकारी नगराए पनि नेपाली सेनाले भ्रमणको सबै तयारी भित्रीरूपमा गरिरहेको छ ।
नेपाल–भारत र चीन–भारतबीच सीमा विवाद कायम रहेकै बेला दुई देशबाट हुने उच्चस्तरीय भ्रमणलाई विश्व समुदायले नै नजिकबाट हेरिरहेको विश्लेषकहरु बताउँछन् ।
चीन र भारतबीचको सीमा विवादका कारण केही भारतीय सैनिकको समेत निधन भएपछि भारत सरकारले अमेरिकासँग विभिन्न प्रकारको सहयोग आदानप्रदानका बारेमा समेत सम्झौता गरिसकेको छ । नेपाल समाचार पत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ मंसिर २०७७, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमार दम्पतीले आजै राष्ट्रपतिलाई भेट्ने
जनवरीमा करिब ८० हजार पर्यटकले गरे नेपाल भ्रमण
जापानका सांसदहरू नेपाल भ्रमणमा
भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो