नेपालले हङकङलाई हरायो, रोहित र सोमपालको उत्कृष्ट प्रदर्शन

सोमबार, २८ फागुन २०७४, २० : ००
नेपालले हङकङलाई हरायो, रोहित र सोमपालको उत्कृष्ट प्रदर्शन

 काठमाडौं । विश्वकप छनोटमा नेपालले हङकङमाथि ५ विकेटको जित निकालेको छ । यससँगै अफगानिस्तान सुपर सिक्सनेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले ८९ रनको पाटनरसिप खेल्दै जित दिलाएका हुन् । रोहितले अविजित ४८ रन बनाए भने सोमपालले अविजित ३७ रन बनाए । नेपाल कुनै बेला दबाबमा आएको थियो । नेपालको ५ विकेट पतन हुदा ६६ रन मात्रै थियो । तर रोहित र सोमपालले नेपाली इनिङ्स उकासेका हुन् ।

नेपालका लागि अन्य खेलाडी अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १२–१२ रन बनाए भने कप्तान पारस खड्का ११ रनमा आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका लिए । त्यस्तै,  बसन्त रेग्मी र करण केसीले समान २–२ विकेट लिए । सोमपाल कामी र ललितले समान १–१ विकेट लिन सफल भए ।

जितपछि नेपालले एक दिवसीय मान्यता पाउने सम्भावना पनि बढेको छ । नेपालले प्ले अफमा अब पपुवा न्युगिनीसँग चैत्र १ गते विहीबार खेल्ने छ । एक दिवसीय मान्यता पाउन र रेलिगेशनबाट जोगिनका लागि पनि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने हुन्छ ।मा पुगेको छ ।  नेपालका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस