एजेन्सी । राष्ट्रपतिको पदमा निर्वाचित जो बाइडेनले चुनाव जितेपछि पहिलो पटक हार मान्न अस्विकार गरिरहेका राष्ट्रपति डोनल्ड ट्रम्पमाथि निशाना साँधेका छन् । बाइडेनले ट्रम्पलाई इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति बताएका छन् ।
उनले भने, ‘हारिसकेपछि पनि जिद्दी गरिरहेका ट्रम्पले देशको लोकतन्त्रलाई पनि हानी पुर्याइरहेका छन् । ’
यसैबीच जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेनले नै जीत हासिल गरेका छन् । एक रिपोर्टका अनुसार बाइडेनले हालसम्म ८ करोड पपुलर भोट अर्थात् जनताको मत पाइसकेका छन् ।
देशबारे गलत संकेत दिइरहेका छन् ट्रम्प
बिहिबार एक कार्यक्रमको बेला बाइडेनले चुनाव जितेपछि पहिलो पटक ट्रम्पमाथि निशाना साँधे । यद्यपि, यतिबेला पनि बाइडेनले गलत शब्दको प्रयोग भने गरेनन् ।
बाइडेनले भने, ‘हालै जुन चुनाव भयो, त्यसमा अमेरिकी नागरिकले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छन् । ट्रम्पले चुनाव हारिसकेका छन् । तर उनले जस्तो व्यवहार गरिरहेका छन्, त्यसबाट स्पष्ट हुन्छ कि उनी अमेरिकी इतिहासका सबैभन्दा गैर जिम्मेवार राष्ट्रपति साबित भइसकेका छन् । एक देशको रुपमा अमेरिकालाई संसारमा गलत सन्देश दिइरहेका छन् ।’
अब के गरिरहेका छन् ट्रम्प
बाइडेनले प्रश्न गरे, ‘अब राष्ट्रपति के गरिरहेका छन् रु जुन प्रकारले कुरा आइरहेका छन्, त्यसबाट यो स्पष्ट हुन्छ कि उनी जिम्मेवार देखिएका छैनन् । हरेक कुराको केही सिद्धान्त हुन्छ तर उनी जुन काम गरिरहेका छन् वा गर्नेबारे सोचिरहेका छन्, के हामी त्यसलाई सही मान्न सक्छौं । एक लोकतान्त्रिक रुपमा हाम्रो जिम्मेवारी हामी संसारलाई सही सन्देश दिने हाम्रो काम हो । लोकतन्त्र के हो वा कसरी काम गर्छ भनेर बताउने जिम्मेवारी हो ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०५ मंसिर २०७७, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाइडेन र नेतन्याहुबिच युद्धविराम र बन्धकहरूको रिहाइबारे वार्ता
बाइडेनको निर्णयले तनावपूर्ण बन्दै रुस-युक्रेन युद्ध
मोदी र बाइडेनबीच भेटवार्ता
इजरायली प्रधानमन्त्री नेतान्याहुप्रति बाइडेन असन्तुष्ट
गाजामा युद्धविरामबारे जो बाइडेनको चेतावनी
बाइडेनले किन छाडे राष्ट्रपति चुनाव ? राष्ट्रका नाममा सम्बोधन गर्दै बताए कारण