काठमाडौं । जर्मनीमा कोरोनाभाइरस संक्रमणबाट पछिल्लो चौबीस घण्टामा थप २६७ जनाको मृत्यु भएको छ ।
जर्मनीको रोबर्ट कोच इन्स्टिच्यूट (आरकेआई) का अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या पनि १४ हजार ४१९ ले वृद्धि भएको छ । योसँगै जर्मनीमा कूल संक्रमितको संख्या ८ लाख १५ हजार ७४६ पुगेको छ ।
जर्मनीमा कोभिड–१९ बाट संक्रमित व्यक्तिमध्ये १२ हजार ८१४ जनाको मृत्यु भइसकेको आरकेआईले जनाएको छ । कोभिड–१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएपछि जर्मनीमा गत यही नोभेम्बरदेखि आंशिक लकडाउन गरिएको छ ।
सरकारले आगामी क्रिसमससम्म निजी जमघट समेतमा कडा प्रतिबन्धहरु घोषणा गरेको छ । सार्वजनिक स्थल, विद्यालय र कक्षाकोठामा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम पनि बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०२ मंसिर २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै