लुईस सुुआरेजको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

एजेन्सी

मंगलबार, ०२ मंसिर २०७७, १३ : १५
लुईस सुुआरेजको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

file photo

एजेन्सी । लुुईस सुुआरेजको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको उरुग्वेली फुटबल संघले जनाएको छ । संघका अनुसार रोड्रिगो मुनोज र टोलीका पदाधिकारी माथियस् फारल पनि कोरोना संक्रमित देखिएका छन् । 

सुुआरेजको स्वास्थ अवस्था ठिकै छ र उनी अहिले होम आइशोलेसनमा छन् । सुुआरेजले अब ब्राजिलविरुद्धको उरुग्वेको विश्वकप छनोट खेल गुमाउनेछन् । त्यस्तै एथलेटिको र बार्सिलोनाबीच शनिबार हुने खेलमा पनि सुुआरेज उपस्थित हुनेछैनन् । 

बार्सिलोना छाडेर यसै सिजन एथलेटिको म्याड्रिडमा आबद्ध भएका ३३ वर्षीय सुुआरेज निकै उत्कृष्ट देखिएका छन् । त्यसैले, आफ्नै पूर्व क्लबविरुद्ध खेल्ने मौका गुमाउनुपर्दा उनी पक्कै खुसी छैनन् । सुुआरेजले यस सिजन एथलेटिकोका लागि ६ खेलमा ५ गोल गरेका छन् । 

स्पेनिस लालिगामा शीर्ष स्थानको रियल सोसिडाडभन्दा दुुई खेल कम खेलेको एथलेटिको तेस्रो स्थानमा छ । ९ खेलबाट सोसिडाडले २० अंक र दोस्रो स्थानको भिल्लारियलले १८ अंक बटुुलेका छन् । एथलेटिकोले ७ खेलबाट १७ अंक बटुुलेको छ । चौथो स्थानको रियल म्याड्रिडले ८ खेलबाट १६ अंक बटुुलेको छ भने ७ खेलबाट केवल ११ अंक बटुलेको बार्सिलोना आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस