हङकङले नेपाललाई दियो १५५ रनको लक्ष्य

सोमबार, २८ फागुन २०७४, १६ : ४७
हङकङले नेपाललाई दियो १५५  रनको लक्ष्य

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेल टस जितेर ब्याटिङ गरेको हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि हङकङ सस्तैमा समेटिएको हो । हङकङले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५४ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको हो ।
हङकङका ओपनर निजाकत खानले सर्वाधिक ४७ रन जोडे । उनलाई ललित राजवंशीले आउट गरेका थिए । त्यस्तै कप्तान बाबर हायतले २० रन जोडेका थिए । तन्विर अफ्जालले १० रन जोडे र अन्त्यमा एहसान खानले २५ रन जोड्दा अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आज नेपाली बलरको कसिलो बलिङ प्रदर्शन रह्यो । सन्दिप लामिछानेले ३ विकेट लिए भने वसन्त रेग्मीले दुई विकेट लिए । सन्दिपले १० ओभरमा ४ मेडेन राख्दै केवल १७ रन दिए भने वसन्तले आफ्नो ८ ओभरमा केवल १२ रन खर्चे । करण केसीले दुई र सोमपाल कामीले पनि एक विकेट लिए ।

टस हारेर बलिङ गर्न परेसँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना अन्त्य जस्तै भएको थियो । नेपालले १ सय ५४ रनको लक्ष्य करिब ५ ओभरमा पुरा गर्नु पर्ने छ । हङकङमाथि जित दर्ता गर्दै र हङकङलाई रनरेटमा उछिन्दै नेपालको एकदिवसीय मान्यता पाउने ढोका खुल्ने छ ।

प्रतिक्रिया दिनुहोस