अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोभिडविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी

एजेन्सी

सोमबार, ०१ मंसिर २०७७, २० : ४५
अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोभिडविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी

अमेरिकी कम्पनी मोडेर्नाले तयार पारेको कोभिडविरुद्धको भ्याक्सिन झण्डै ९५ प्रतिशत प्रभावकारी देखिएको छ । 

यसको नतिजा यसअघि जर्मन कम्पनी फाइजरको भन्दा बढी प्रभावकारी देखिएको बीबीसीले जनाएको छ । यसअघि फाइजरले तयार गरेको भ्याक्सिन झण्ढै ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो । 

मोडोर्नाले जारी गरेको विज्ञप्तिमा प्रारम्भिक तथ्यांकको आधारमा खोपको नतिजा ९४.५ प्रतिशत प्रभावकारी देखिएको दावी गरिएको छ । फाइजर र अहिले फेरि मोडोर्नाको नतिजाबाट विश्व समूदायमा कोरोना विरुद्ध लड्न नयाँ ऊर्जा थपिएको छ । 

कम्पनीले सोचिएभन्दा पनि प्रभावकारी नतिजा देखिएको भन्दै यो नतिजा आउँदा केहीबेर स्तब्ध भएको बताएको छ । मोडोर्नाको खोप अमेरिकामा ३० हजार मानिसमा परीक्षण गरिएको थियो भने यसमा विभिन्न प्रक्रिया र चरण रहेका थिए ।

प्रतिक्रिया दिनुहोस