बिहारमा नितिशकुमार फेरि बने मुख्यमन्त्री, योसहित सातौं पटक लिए सपथ

एजेन्सी

सोमबार, ०१ मंसिर २०७७, १८ : ३६
बिहारमा नितिशकुमार फेरि बने मुख्यमन्त्री, योसहित सातौं पटक लिए सपथ

काठमाडौं । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् ।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडीए०को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी  सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।

नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ ।

दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् । उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस