काठमाडौं । आगामी जाडोयाम सुरु हुुँदासम्म कोरोना भाइरसका कारण तहस नहस भएको जनजीवन सामान्य अवस्थामा फर्कनसक्ने दावी गरिएको छ । कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको कम्पनी बायोनटेकका सहसंस्थापक उर साहिनले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्मयाममा ठूलो प्रभाव देखाउने र अर्को वर्षको जाडोसम्मा अवस्था सामान्य बन्न सक्ने बताए ।
जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारीता देखाएको छ, यस परीक्षणमा झन्डै ४३ हजार मानिसहरु सहभागी थिए । साहिनले कोरोनाको फैलावटमा कमी आउने र संक्रमित संख्या नाटकीय रुपमा कम हुने आशा पनि व्यक्त गरेका छन् । साहिनले कोरोनाको फैलावट यस भ्याक्सिनले कम गर्ने विश्वास रहेको बताए । बीबीसी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०१ मंसिर २०७७, ०९ : ३३
लेखकबाट थप