आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, ०८ : ३३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार मुलुकका सबै जसो स्थानमा  मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहने छ । यसबाहेक अन्य सबै भूभागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जानकारी दिएका छन् ।

शुक्रबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस