काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट भएका आदेशको प्रतिलिपी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले शर्माको अभियोगको अनुसन्धान कहाँ पुग्यो भनी अख्तियारको जवाफ समेत मागेको छ ।
अदालतले २०७६ फागुनमा निजामती किताबखानाबाट शर्माको सम्पत्ति विवरण झिकाउने आदेश दिएको थियो । तीन वर्षअघि अख्तियारले शर्माविरुद्ध दुई वटा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यस मुद्दामा उनी एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । नागरिक दैनिकमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवहेलनाको प्रतिवेदन सुनुवाई गर्न विशेष अदालतमा सबै न्यायाधीशको इजलास गठन
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर