बढ्यो सम्बध बिच्छेदका घटना

रासस

विहीबार, २७ कार्तिक २०७७, २० : ०३
बढ्यो सम्बध बिच्छेदका घटना

सांकेतिक तस्तिवर

दोलखा । दोलखामा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै गएको देखिन्छ । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष त्यस्ता घटना बढेर १९ वटा मुद्दा दर्ता भएका छन् । 

आर्थिक वर्ष २०७६÷०७७ मा पुरुषबाट ४७ र महिलाबाट ५५ मुद्दा जिल्ला अदालत दोलखामा दर्ता भएका थिए । यसमध्ये गतवर्षको जिम्मेवारी सरी आएको ५५  गरी कुल एक सय ५७ मुद्दा भएकामा ८९ थान मुद्दाको फैसला भैइसकेको र बाँकी ६८ मुद्दालाई विचाराधीन रहेको अदालतका स्रेस्तेदार सुमनप्रसाद कुसवाहाले जानकारी दिनु भयो । 

संविधानको मौलिक हकमा महिला र पुरुषलाई समान हक प्रदान गरिएकाले दुवैले मुद्दा दायर गर्न पाउनेछन् । अहिले देवानीसंहिताको परिच्छेद ३ को  दफा ९४ मा पुरुषले र दफा ९५ मा महिलाले सम्बन्ध विच्छेदका लागि सिधै अदालत जान पाउने अधिकार उल्लेख गरिएको छ । नयाँ व्यवस्थापछि मुद्दा बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस