चितवन । मकवानपुर हेटौँडाका कोरोना सङ्क्रमित पुरुषको चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१५ निवासी ४९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले सफल खबरलाई जानकारी दिए ।
हेटौंडामा कार्तिक २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भई थप उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । कोभिड आइसीयूमा राखेर चिकित्सकबाट अथक प्रयासका साथ उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ कार्तिक २०७७, १५ : ५९
लेखकबाट थप