काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा नेपाल आइपुगेका कतारका राजकुमार शेख मोहमदसहितको आरोहण दल बुधबार बिहान ११ः२० बजे आमादब्लम हिमालको चुचुरोमा पुगेको हो ।
कोरोना महामारीका बीच आमादब्लम हिमालको सफल आरोहण गरी अन्तर्राष्ट्रिय जगत्मै नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिदिएको उनको आरोहण व्यस्थापनमा सहभागी हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए । कतारका राजकुमारसहित अमेरिकी र क्यानेडियन आरोहीका प्रतिनिधि गत दसैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो ।
सो आरोहण दलमा कतारका राजकुमार अब्दुल्लाहसहित अमेरिकी, क्यानेडियन र स्वदेशी गरी १४ जना सहभागी थिए । यसअघि बहराइनका राजकुमार पनि नेपालका विभिन्न क्षेत्रको पदयात्रा भ्रमण गरी स्वदेश फर्किएका थिए । राजधानीमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ कार्तिक २०७७, ०८ : ०८
लेखकबाट थप