कारागारका कैदीलाई पुस्तक उपलब्ध

रासस

बुधबार, २६ कार्तिक २०७७, १८ : ४०
कारागारका कैदीलाई पुस्तक उपलब्ध

सांकेतिक तस्तिवर

अमरगढी । जिल्ला कारागारभित्रको पुस्तकालयका लागि नेपाल प्रेस युनियन डडेल्धुराले पुस्तक उपलब्ध गराएको छ । कैद भुक्तान गरिरहेकाहरुको अध्ययनका लागि किताब उपलब्ध गराइएको हो ।

बुधबार कारगारमै पुगी प्रेस युनियनका पदाधिकारीहरुले किताब कारागारलाई उपलब्ध गराएको थियो । कानूनसम्बधीका पुस्तकसँगै प्रेरणादायक, जीवनोपयोगी पुस्तक र भलिबल, नेट उपलब्ध गराइएको नेपाल प्रेस युनियन डडेल्धुरा शाखा सचिव पुष्कर भण्डारीले बताए ।

कानुनसम्बन्धी जानकारी र कैद भुक्तान गरिसकेपछि सामान्य जीवनमा उपयोगी किताबहरु कारागारलाई उपलब्ध गराइएको उनले बताए । 

यसले ज्ञानआर्जनका साथै खाली समय व्यतित गर्न कैदीबन्दीहरु सहज हुने छ । बजेट अभावका कारण भौतिक पूर्वाधारलगायत कानूनप्रदत्त विषयवस्तुहरुको पूर्ति नभएको अवस्थामा किताब र खेल सामग्रीले कारागार कार्यालयको सेवा प्रवाहमा सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस