आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, ०८ : १२
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जनाएको छ । अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

अहिले हिमाली भू–भागमा आंशिका बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस