कोरोना विरुद्ध खोपको विकासमा थप आशा पलायो, तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म

एजेन्सी

सोमबार, २४ कार्तिक २०७७, २० : १६
कोरोना विरुद्ध खोपको विकासमा थप आशा पलायो, तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म

सांकेतिक तस्विर

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको विकासमा थप आशा पलाएको छ । जर्मन कम्पनी बायोएनटेकले आफूले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको सोमबार जानकारी दिएसँगै नयाँ आशा पलाएको हो । 

बायोएनटेकले फिजर नामक अमेरिकी कम्पनीसँग मिलेर उत्पादन गरेको खोपको परीक्षण ९० प्रतिशतसम्मको प्रभावकारिता देखिएको सोमबार जनाएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा भ्याक्सिनको परीक्षण ठूलो जनसंख्यामा गरिएको थियो ।  कम्पनीका अनुसार खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण भएको थियो । सो परीक्षणमा कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएको पनि कम्पनीको दावी छ । 
हाल विश्वभर कोरोनाविरुद्धको दर्जनौ भ्याक्सिन बनेका छन् भने परीक्षणकै क्रममा रहेका ती सबै भ्याक्सिनमध्ये यो भ्याक्सिन प्रभावकारी देखिएको हो । 

कम्पनीका अध्यक्ष डा अल्बर्ट बोलालले विज्ञान र मानवताका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिडविरुद्धको लडाइँमा थप उत्साह पलाएको दावी गरे ।कोरोनाभाइरस विरुद्धको खोपको विकासमा थप आशा पलाएको छ । जर्मन कम्पनी बायोएनटेकले आफूले विकास गरेको भ्याक्सिनको तेस्रो चरणको परीक्षणको प्रभावकारिता ९० प्रतिशतसम्म रहेको सोमबार जानकारी दिएसँगै नयाँ आशा पलाएको हो । 

बायोएनटेकले फिजर नामक अमेरिकी कम्पनीसँग मिलेर उत्पादन गरेको खोपको परीक्षण ९० प्रतिशतसम्मको प्रभावकारिता देखिएको सोमबार जनाएको छ । 

कम्पनीले जारी गरेको विज्ञप्तिमा भ्याक्सिनको परीक्षण ठूलो जनसंख्यामा गरिएको थियो ।  कम्पनीका अनुसार खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण भएको थियो । सो परीक्षणमा कुनै पनि प्रकारको साइड इफेक्ट नदेखिएको पनि कम्पनीको दावी छ । 
हाल विश्वभर कोरोनाविरुद्धको दर्जनौ भ्याक्सिन बनेका छन् भने परीक्षणकै क्रममा रहेका ती सबै भ्याक्सिनमध्ये यो भ्याक्सिन प्रभावकारी देखिएको हो । 

कम्पनीका अध्यक्ष डा अल्बर्ट बोलालले विज्ञान र मानवताका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिडविरुद्धको लडाइँमा थप उत्साह पलाएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस