एकसाथ दर्जन आयोजना अघि बढाउँदै आयल  निगम

पत्रपत्रिकाबाट

सोमबार, २४ कार्तिक २०७७, ०८ : १५
एकसाथ दर्जन आयोजना अघि बढाउँदै आयल  निगम

काठमाडौं । नेपाल आयल निगमले भ्रष्टाचार तथा अनियमिततासम्बन्धी विवादले रोकिएका र अन्य केही नयाँ गरी दर्जनभन्दा बढी आयोजना निर्माण एकसाथ अघि बढाउने भएको छ । 

इन्धन डिपो विस्तार, ग्यास प्लान्ट, प्रयोगशाला, डिपो अटोमेसन, पाइपलाइन, ईआरपीलगायत आयोजना निगमले अघि बढाएको छ । एकदेखि तीन वर्षभित्र सम्पन्न हुने ती आयोजनाबाट निगमले इन्धन भण्डारण वृृद्धिदेखि चुहावट तथा तस्करी रोक्न सहयोग पुग्ने दाबी गरेको छ ।

यससम्बन्धी केही परियोजनाको कामको प्रक्रिया सुरु गरेको छ । केहीको काम अन्तिम चरणमा छ । केही भने अध्ययन र छलफलकै क्रममा रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जनाए । यी परियोजनाका लागि चालु आर्थिक वर्षमा ५ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस